
प्राविधिक समस्यका कारण देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको विवरण दर्ता र अद्यावधिक गर्न ढिलाइ भएको छ ।
कतिपय निर्वाचन अधिकृतको कार्यालयमा इन्टरनेटमा समस्या देखिएका कारण विवरण दर्ता हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । साथै, सबैतिरबाट विवरण इन्ट्रीको प्रयास हुँदा वेलावेला सर्भरमा पनि समस्या देखिएको छ ।

सबै निर्वाचन अधिकृतको कार्यालयबाट एकसाथ डाटा इन्ट्रीको प्रयास भएकाले कतिपयमा इन्टरनेट विस्तारै चल्ने र अद्यावधिक नहुने समस्या देखिएको भन्दै निर्वाचन आयोगको सूचना प्रविधि महाशाखामा गुनासो पुगेको छ ।
एक निर्वाचन आयुक्तका अनुसार इन्टरनेटबाट विवरण पठाउन समस्या भए दर्ता कितावमा मनोनयन दर्ता गरेर निस्सा दिन भनिएको छ । उनले भने, ‘जतिबेला सहज हुन्छ, फेरि त्यतिबेलादेखि नै डाटा इन्ट्रीको काम गरौंला भनेका छौं ।’
