कांग्रेस कुहेको ढोडको लौरो : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कुहेको ढोडको लौरोको संज्ञा दिएका छन्।

२३ औँ मनमोहन स्मृति दिवसको अवसरमा मनमाेहन स्मृति प्रतिष्ठानले गरेको  विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस कुहेको ढोडको लौरो भएको बताएका हुन्।  उनले कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरे।

ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन्।

Sayalb

अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो। घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ। बाटो किन चौडा बनाएक? रेल किन ल्याएक? पाइपलाइन किन चाहियो? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ?’

अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको ओलीको आरोप छ।

उनले वैशाख ३० गतेपछि कांग्रेसको हविगत देखिने पनि बताउनु भयो। यस्तै उहाँले माओवादी केन्द्रको कुनै एजेन्डा नभएको पार्टी भएको भन्दै उसको कुनै एजेन्डा नै नभएको र सत्ता लिप्साको लागी जुनसुकै हर्कत गर्न सक्ने भएको पनि आरोप लगाए।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ मा ९ महिना सरकार चलाएको थियो।

Shaileshwori
Loading...