सामाग्री सहयोग

किरण धामी  /  डोटी ,भदौ २४
घर भत्किदा परिवारका चार जना गुमाएका लोगे लुहारको परिवारलाई एक सस्थाले सहयोग गरिएको छ । एक्सन एड नेपाल र डिसीए नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र ईडिसी नेपालको समन्वय र सहकार्यमा बुधवार विभिन्न सामाग्री र नगत सहयोग गरेको छ । साउन महिनाको २६ गते सोमबार राती करिब १ बजेतिर घर भत्किंदा तिन छोराछोरी र श्रीमति गुमाएका आदर्श १ बाझककानीका लोगे लुहारको परिवारलाई आदर्श गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरेश बहादुर खड्काको रोहवरमा ईडिसिका अध्यक्ष अधिराज बिसीले विभन्न सामाग्री, नगत दस हजार सहित ५६ हजार नौ सय ७० बराबरको सहयोग हस्तान्तरण गरेका हुन । नगत १० हजार रुपैयाँ घाइतेको उपचारका लागि सहज होस भनेर दिईएको सम विकास केन्द्र ईडिसिमा कार्यरत नरेन्द्र बहादुर बिकले बताउनु भएको छ । विभिन्न खाद्यान्नका सामाग्रीहरु, सिरक, डसना, बलाङ्केट , पि फम र लुहार आरन पेसामा संलग्न भएकाले उहाको कार्यमा सहज होस भनी एक थान आरन उपलब्ध गराईएको बिकले बताउनु भएको छ ।

Sayalb

उक्त सस्थाले सोही ब्यक्तिको परिवारलाई घटना भएको समयमा पनि नगत आठ हजार पाँच सय ५० रुपैया हस्तान्तरण गरेको थियो । घर भत्कदा लोगे लुहारकी दुई छोरी, एक छोरा र श्रिमतिको ज्यान गएको थियो भने आमा, छोरी र स्वयम् घाइते भएका थिए । सोही घटनामा आदर्श गाउँपालिका वडा नम्कर ४ घर भई पाहुनाका रुपमा आएकी लोगेकी शाशु आमा झाङरी बि.क र साला इन्द्र बि.क. पनि घाइते भएका थिए ।

Shaileshwori
Loading...