पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी

Sayalb

 नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । उनले बागी उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवालाई जिताउन पनि आग्रह गरेका छन् ।

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न सत्तागठबन्धनको बैठक पनि बस्दैछ ।

Shaileshwori
Loading...