देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

केही दिन पहिले मन्त्रीबाटै आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीत काम भएको पाइएको छ ।

Sayalb

नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् ।

यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा भारतीय नम्बरको गाडी प्रयोग गर्न नहुने बताए । यसरी प्रयोग भएको पाइए आचारसंहिता उल्लंघन गरेको ठहर हुने उनको भनाइ छ ।

Shaileshwori
Loading...