
डोटी : माओवादी केन्द्र बोगटान फुड्सिल गाउँ सङ्गठन कमिटीले पार्टीका सुदूरपश्चिम प्रदेश सल्लाहकार समिति सदस्य देव बहादुर बोहरा (जनवादी विद्रोही) लाई कारबाहीका लागि सिफारिस गरेको छ । हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै बोहरालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि सिफारिस गरेको हो ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई असहयोग गरी नेपाली काँग्रेसलाई सघाएकाले बोहरालाई कारबाहीका लागि जिल्ला र प्रदेश कमिटीलाई सिफारिस गरेको बोगटान फुड्सिल गाउँ सङ्गठन कमिटी अध्यक्ष देव बोहराले बताए ।
कारबाहीका लागि सिफारिस भएका बोहरा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । हालै सम्पन्न निर्वाचनमा उक्त वडामा माओवादी केन्द्रका देव बोहरालाई हराउँदै नेपाली काँग्रेसका राम बोहरा विजयी भएका छन् ।
