डोटी : सरकारले सुदूर पश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शैलेश्वरीलाई पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्ने भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । शैलेश्वरी सहित सुदूर पश्चिम प्रदेशका बडिमालीका, निंग्लाशैनी, डिलाशैनि, उग्रतारा, मेलौली र त्रिपुरासुन्दरीलाई पनि पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गरिने भएको छ ।