
आईतवार बिहान दुर्घटनामा परेको तारा एयरको विमान भेटिएको दुर्घटनाग्रस्त स्थलमा प्रहरीको उद्धार टोली पुगेको छ । २२ जना सवार तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भए पछि उद्धारकर्ताको टोली दुर्घटना भएको स्थलतर्फ गएको थियो ।
दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव संकलन गरिरहेको छ ।
