
मोहन ठकुल्ला, डोटी
के.आई.सिंह गाउँपालिका–४ वायलमा सामुदायिक शिशु स्याहार केन्द्रको समुद्घाटन भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, के.आई.सिंह गाउँपालिकाको सहकार्य तथा सम विकास केन्द्र नेपाल (ईडिसी) र डिसिए नेपालको समन्वय तथा सहरीकरणमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
विशेष क्षेत्रका बालबालिकाहरूलाई प्राथमिकतामा राखी उक्त भवनमा २५ देखि ३० वटा बालबालिका भर्ना हुने सम विकास केन्द्र इडिसी डोटीका संयोजक महेश परियारले बताउनुभयो ।

शिशु स्याहार गर्न, महिलाहरूको कार्य बोझ घटाउन, महिलाहरूले आम्दानी हुने काम गर्न सहज हुने भएकोले पाठशालाको रूपमा उक्त भवनको निर्माण गरेको बताइएको छ ।
साना बालबालिकाहरूको सिकाई निर्माण गर्ने र त्यसको साथसाथै बालबालिकाको शिक्षामा जग बसाउने उद्देश्यले भवनको निमार्ण गरेको हो । जनजाति, दलित, पिछडिएको क्षेत्र, एकल महिला, दिनभर श्रम गरेर साँझ छाक टार्ने महिलाका बालबालिका सिकाइका विभिन्न क्षेत्रमा जोड दिने उद्देश्यले भवन निर्माण गरेको के.आई.सिंह गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर बहादुर बोगटीले बताए ।
यश अघि विभिन्न समस्या झेल्दै आएका महिलाहरूलाई शिशु स्याहार केन्द्रको स्थापना भएपछि सहज हुने भएको छ । आगामी दिनहरूमा शिशु स्याहार केन्द्रको व्यवस्थापन कार्यमा जोड दिने के.आई.सिंह गाउँपालिकाका– ४ का वडा अध्यक्ष जयलाल धामीले बताए ।
२०१९ देखि परिवर्तन परियोजना लागू भएका डोटीका ३ वटा स्थानीय तहमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
