दक्ष जनशक्ती नहुँदा सुरक्षित गर्भवतन सेवा प्रभावित

कर्ण चन्द जेठ २६, डोटी
डोटीकी १८ बर्षिय रामकुमारी (नाम परिर्बन) आफन्तको करणीमा परेर गर्भवती भईन् । करणीमा परेकी ति युवतीले घटना ढाकछोप गर्न खोजे पनि भ्रूण हुर्कदै गयो पेट बढ्दै गएपछी  गर्भवती भएको २७ हप्ता पछि आफन्तले थाहा पाए । सो बारे जिल्ला अस्पतालमा बाह्र हप्ता भन्दा माथीको गर्भवतन गर्ने सूबिधा नभएको जानकारी पाएपछी निराश बनेकी रामकुमारीले अनन्त बच्चा जन्माउन बाध्य भईन ।
रामकुमारी मात्रै होईन डोटी जिल्लाका आर्थिक स्थिती सबल भएका महिलाहरु बाहिर गएर भए पनि सेवा लिन्छन् भने कयौँ महिलाहरु ज्यान जोखिममा राखेर बच्चा जन्माई रहेका छन् । जिल्ला अस्पताल डोटीमा  १२–२८ हप्ताको  सुरक्षित गर्भवतन सेवा प्रदान गर्ने चिकित्सक नहुँदा  सेवा प्रवाहमा समस्या भएको छ । चिकित्सकहरूले सुरक्षित गर्भवतन सम्बन्धी छुट्टै तालिम लिएपछि मात्र १२–२८ हप्ताको गर्भपतन गर्न मिल्ने गर्दछ । डोटी जिल्ला अस्पतालमा १२ हप्ता भन्दा माथीको सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सक्ने दक्ष जनशक्ती नभएका कारण सेवा प्रभावित भएको जिल्ला अस्पताल डोटीका निमित्त सुपरिटेन्डेन्ट डा. सोहन शाहले बताए । शोहनले भने ‘हाम्रो अस्पताल २८ हप्तासम्मका लागी सूचिकृत हो तर जनशक्ती नभएको कारण लामो समय देखी उक्त सेवा अवरुद्ध भएको छ, अहिले सेवा लिनका लागी अन्यत्र जानु पर्ने बाध्यता छ ।’
जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, गर्भवती महिलाको मन्जुरी, एचआईभि अर्थात् यस्तै प्रकारको निको नहुने रोग लागेको, भूणमा कमिकमजोरी वा जन्मिनै नसक्ने अवस्थामा २८ हप्ता भित्रको गर्भलाई सूचिकृत संस्था र व्यक्ति मात्र  सेवा प्रवाह गर्न मिल्दछ ।
Sayalb
सूचिकृत जनशक्ती सुरुवा भई रहने हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास मञ्च (सिडिएफ)को सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाकी कार्यक्रम अधिकृत मधु  पोख्रेलले बताईन् । पोख्रेलले भनिन् ‘जनशक्ती भएको ठाउँमा संस्था सूचिकृत हुँदैनन्, संस्था भएको ठाउँमा जनशक्ती हुँदैनन्, सरुवा भई जाने भएका कारण सेवामा नियमितता हुन सकेको छैन् ।’
गर्भपतनका सन्दर्भमा गरेको नकारात्मक चिन्तन हट्दै गएको कार्यक्रम अधिकृत पोखरेलले बताईन् । उनले भनिन् ‘पहिला गर्भपतन भनेको लुकाई छिपाई गर्ने काम हो भन्ने धारणा थियो अहिले पारिवारिक सल्लाह र आवश्यक परामर्शपछि गर्ने गर्दछन् ।’ आर्थिक बर्ष ०७७/०७८मा डोटी जिल्ला अस्पताल र जिल्ला १९ स्वास्थ्य चौकीबाट एक हजार एक सय १० जनाले सेवा लिएका छन् उनिहरु  मध्य ३५ जना २० बर्ष भन्दा कम उमेरको रहेको स्वास्थ्य कार्यालय डोटीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अनिच्छित रुपमा रहन गएको गर्भलाई आवश्यक सिप र तालिम भएको व्यक्ति वा संस्थामा हुने गर्भपतनलाई सुरक्षित माने पनि सूचिकृत भएको संस्थामा व्यक्ति नहुने र व्यक्ति भएको ठाउँमा संस्था सूचिकृत नहुँदा पनि सेवा प्रभावित हुने  गरेको छ ।
Shaileshwori
Loading...