मुख्य सडकमा पहिरो, सिलगढी बजार आवागमनमा समस्या

Sayalb

शालिभान साउँद / डोटी  भदौ २६
मुख्य राजमार्गबाट डोटी सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र  अधिकांस सरकारी कार्यालय जोड्ने मुख्य सडकको वाल भत्किदा सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयको ब्यारेलबाट जिल्ला प्रशासन हुदै टुडिखेल भएर तल्लो बजार र शैलेश्वरी हुदै मल्लो बजार जोड्ने सडकको वाल कृषि विकास बैंक नजिक भत्किदा भत्किएको हो ।
सरकारी वकिल कार्यालयको भवन निर्माणका लागी पुरोनो ज्ञाविन जालीलाई निकालेर मेसिनरी पर्खाल बनाउनका लागि बेस तिरको डुङ्गा निकाल्ने क्रममा उक्त वाल भत्कीएको स्थानियले बताएका छन ।
बाटोलाइ सुचारु गर्नका लागि भवन निमार्ण कम्पनि र सरकारी वकिल कार्यालय बिच बैठक बसि छिठो भन्दा छिठो सडक सुचारु गर्ने निर्णय भएको जेवि निमार्ण कम्पनीका संचालक देवेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार माथि तिर बसै फिलिङ्ग माटो रहेको र प्रखालमो गुणस्तर पनि कम्जोर रहेको कारणले उक्त प्रखाल भत्कीएको तर भवन निमार्णको काम सुरु हुनु भन्दा पहिले नै प्रखाल भत्कीएकाले अब बलियो प्रखाल लगाउनु पर्ने बताए ।
सडक अबरुद्ध हुदा मोटरसाईल बाहेक अन्य सवारीसाधनहरु चल्न सकेका छैनन ।  बैंक नजिकैको स्थानबाट वाल भत्किएको हुदा बैंकमा आउने सेवाग्राही देखी अन्य कामका लागी सोही सडक भएर हिड्नु पर्ने स्थानियहरुलाई सास्ती भएको छ । उक्त ठाउँमा रहेको नेपाल टेलिकमको पोलमा पनि क्षती भएको तर फोन सेवा चाही अबरुद्ध नभएको बुझिएको छ ।

Shaileshwori
Loading...