सिन्धुपाल्चोकमा पहिरो, १८ घर पुरिए

Sayalb

काठमाण्डौं, भदौ २८
शनिबार राति पहिरोमा परेर सिन्धुपोल्चोक जिल्लाको बाह्बिसे नगरपालिका – ७ घुम्थाङका १८ घर पुरिएका छन् । राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले आएको हो ।
पहिरोका कारण पुरिएका घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

Shaileshwori
Loading...