
राजेन्द्र सिँह साउद, बैतडी
बैतडीको सिगास गाउँपालिकामा बौलाहा कुकरले टोकेर मृत्यु भएका वडा नम्बर ७ न्वाघर स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरबहादुर साउँदको परिवार लाई वडा नम्बर ६ का वडाअध्यक्ष तेजबहादुर साउद र वडा नम्बर ७ का वडाध्यक्ष कर्ण बहादुर साउदले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
यसै बर्ष वैशाख महिनामा बौलाहा कुकुरले टोकेको केही महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

हिजो साउदको अन्तेष्टी पछि मसानघाटमै पुगेर सिगास गाउँपालिका वडा नम्बर ६ र ७ का वडाध्यक्ष दुबै जनाले आफुले पाउने सेवा सुविधा बाट २ वर्ष सम्म मासिक २/२ हजारका दरले सहयोग गर्ने बताएका हुन् । मृतकका छोरा छोरीलाई पढ्न लेख्न राहात पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने घोषणा गरेको उनिहरूले बताएका छन् ।
बौलाहा कुकुरको टोकाइबाट मृत्यु भएका साउदको घरमा आमा बुबा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
शिक्षक साउदको निधन भएपछि ५ जना सदस्य रहेको परिवार बिचल्ली बिचल्लीमा परेको छ । पुरै घर उनै कमाइले चलेको थियो । मृतक लेखापाल की छोरी बालकृष्ण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छिन् भने उनका छोरा सेती प्राविधिक शिक्षालय दिपायल डोटीमा पहिलो वर्षको ओभरसियरको अध्ययन गरिरहेका छन् ।
