पहिरोमा परि डोटीमा एक जनाको ज्यान गयो

सिलगढी : डोटीमा पहिरोमा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर ५ भण्यानीका ४० वर्षीय गणेश सुनारको आइतबार मृत्यु भएको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार बिहान शौच गर्न खोलामा गएका उनीमाथि साढे ६ बजेको समयमा पहिरो खस्दा घाइते भएका थिए । अस्पताल ल्याउने क्रममा उनको बाटोमै ज्यान गएको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

अहिले उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

Shaileshwori
Loading...