सङ्गठन निर्माण प्रक्रियालाई तीव्र पार्छौँ : अध्यक्ष सिंह

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको पूर्ण दोस्रो बैठक सम्पन्न

डोटी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको पूर्ण दोस्रो बैठक सम्पन्न भएको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्रमुख आतिथ्ययतामा आइतबार डोटीको सिलगढीमा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अखिल (क्रान्तिकारी) गठन प्रक्रियालाई तीव्रता दिने बताइन् । अबको तिन महिनामा देश भरीका सबै वडाहरूमा अखिल क्रान्तिकारीको कमिटी गठन गरिसक्नु पर्ने उनले बताइन् । यसको लागि जिल्ला कमिटीहरूले आफ्नो जिल्लाका प्रत्येक वडा र माद्यामिक विद्यालय तथा क्याम्पसहरूमा कमिटी गठन गर्न निर्देशन दिएकी थिइन् । सङ्गठनलाई मजबुत बनाउँदै विद्यार्थी, श्रमजीवी र स्वास्थ्यका सवालहरूमा आवाज उठाउने उनले बताइन् ।

अनेरास्ववियू ९क्रान्तिकारी० केन्द्रीय महासचिव दीपेश पुनले विद्यार्थी आन्दोलन अब प्रश्नको मात्रै नभई उत्तरको आन्दोलन हुने बताए । जनवादी शिक्षाका बाकी कार्यहरूलाई पूरा गर्दै समाजवादी शिक्षामा जाने निर्णय केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले गरेको उनले बताए । अझै जनवादी शिक्षा पूरा नभएको कुरा उल्लेख गर्दै माद्यामिक तहसम्म निःशुल्क र आधारभूत तह सम्म अनिवार्य शिक्षा संविधानमा लेखिएको भए पनि पूर्ण कार्यान्वयन नभएकाले पूर्ण कार्यान्वयनमा आउने बित्तिकै जनवादी शिक्षाका काम पूरा हुने उनले बताए ।

 

Sayalb

बैठकको सभापतिमा अनेरास्ववियू सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक कुमार डिसी रहेका थिए भने विशिष्ट अतिथिमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा विद्यार्थी सुदूरपश्चिम प्रदेश फ्याक्सन इन्चार्ज मान सिंह माल, अनेरास्ववियू का केन्द्रीय उपाध्यक्ष केशव रावल, अम्मर जंग शाही, मदन भुल र महासचिव दीपेश पुन रहेका थिए । त्यस्तै अतिथिमा अनेरास्ववियूका केन्द्रीय सचिव भीम भट्ट, उपेन्द्र शाही, केन्द्रीय लेखा आयोग सचिव गम्भीर साउद, केन्द्रीय अनुशासन आयोग सचिव दीपक रोकाया, माओवादी सुदूरपश्चिम प्रदेश सहसचिव केशवनाथ योगी र डोटी जिल्ला सचिव डबल सिंह रहेका थिए ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नौ ओटै जिल्लाका प्रतिनिधि, नौ ओटै जिल्लाका अध्यक्ष तथा पदाधिकारीको बैठकमा उपस्थित रहेको अनेरास्ववियू क्रान्तिकारी डोटी जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए । बैठकमा अनेरास्ववियूका नौ ओटै जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिले जिल्लाको वस्तु स्थितिको बारेमा रिपोर्टिङ गरेका थिए ।

Shaileshwori
Bolpatra
Loading...