डोटीमा निषेधाज्ञा खुकुलो बनाइने

किरण धामी / डोटी, भदौ २८
डोटीमा जारीे निषेधाज्ञालाई खुकुलो बनाईने भएको छ । आईतबार बसेको जिल्ला संकट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

Sayalb

भाद्र १४ गते देखी २१ गते राति १२ बजे सम्म पहिलो चरण र भाद्र २१ गते राति १२ बजे देखि द्रोस्रो चरणमा लगाईएको निषेधाज्ञाको समय आईतबार राति १२ बजे सकिने छ । अत्याआवस्यक सेवासंग सम्बन्धित सेवाहरु नियमित सञ्चालन गर्ने, जिल्लामा हुने व्यापार व्यावसाय बिहान ६ बजे देखी साँझ ६ बजे सम्म स्वास्थ्य सुरक्षाका साबधानि अपनाएर गर्ने, जिल्लामा चल्ने सवारी साधन सिट क्षेमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र सवारी साधन चलाउने, होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने, अर्को व्यवस्था नभए सम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मीक कार्य, मेला महात्सव नगर्ने, मनारोञ्जनात्मक कार्य नगर्ने जिल्ला प्रशासन कार्यालय डोटीद्धारा जारी गरीएको सुचनामा उल्लेख गरीएको छ ।
जारी निषेधाज्ञाको पालनाले कोभिड १९ कोरोना संक्रमणको नियन्त्रमा सकारात्मक प्रभाव परेको र यस अबधिमा तुलनात्मक रुपमा संक्रमणको दर समेत घटेको भए पनि लामो समयसम्मको निषेधाज्ञाले नागरिकको दैनिक जीवन कष्टकर हुँदै जाने, सार्बजनिक सेवा प्रबाहमा कठिनाई हुने, व्यापार व्यवसाय एवम आर्थिक गतिविधिहरु सञ्चालनमा समस्या हुने, अन्य विभिन्न क्षेत्रमा पर्ने नकरात्मक असर तथा समस्या प्रति संवेदनशिल भई मौजुदा अवस्थालाई खुकुलो पार्दै सामान्य र सहज बनाउनु पर्ने सुझाब प्राप्त भएकाले निषेधाज्ञालाई खुकुलो पारिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए । साथै जारी निषेधाज्ञाको पालना गर्न गराउन सहयो गर्ने सबैलाइ जिल्ला प्रशासन कार्यालय डोटीले धन्यबाद पनि दिएको छ ।

Shaileshwori
Loading...