एस डोटीले अगुवा कार्यकर्ता भेला गर्दै, अध्यक्ष नेपालले सम्बोधन गर्ने

डोटी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) डोटीले पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आइतबार सिलगढी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला सचिवालय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै डोटी जिल्ला पार्टी अध्यक्ष दिर्घराज बोगटीले उक्त जानकारी दिएका हुन ।

यही असोज १४ गते राजपुरको सेती सभा हलमा आयोजना हुने कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्ने अध्यक्ष बोगटीले बताए । त्यस्तै कार्यक्रममा पूर्व पर्यटनमन्त्रि तथा सांसद प्रेम आले मगर, सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह, प्रदेश अध्यक्ष हर्क सिंह लगायतको उपस्थिति रहने छ ।

Sayalb

त्यस्तै पार्टीको सचिवालय बैठकले अन्य विभिन्न निर्णय गरेको छ । असोज १३ गते डोटी जिल्लाको पूर्ण कमिटी बैठक बस्ने, डोटी जिल्लाका स्थानीय तहले करारका कर्मचारी हटाउँदै गरेको सूचना प्राप्त भएकाले पार्टीको ध्यानाकर्षण भएकाले ती स्थानीय तहलाई निर्णय सच्याउन माग गर्ने निर्णय गरेको पार्टी डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीले बताए । अहिले बर्सातको समय भएकाले बाढी तथा पहिरोका घटना घट्न सक्ने कुरालाई मध्यनजर गदै स्थानीयलाई सचेत रहन अनुरोध गर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, चरम मूल्यवृद्धि, भ्रष्ट्राचार, सुशासनका विषयमा आवाज उठाउने लगायतका निर्णय सचिवालय बैठकले गरेको छ ।

बैठकको अध्यक्षता पार्टी डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीले गरेका थिए भने प्रमुख अतिथिमा पार्टीका नेता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवर रहेका थिए । प्रदेश कमिटी सदस्यहरू देव बहादुर खड्का, महादेव भारती, पार्टी डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्का लगायत पार्टी पदाधिकारीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...