कोरोनाका कारण चीनमा फेरी लकडाउन‚ ८० हजार पर्यटक फसे

 कोरोना भाइरसको प्रकोपका कारण चीनको हाइनान टापुमा हजारौं पर्यटक अलपत्र परेका छन्। चीनको आधिकारिक मिडिया रिपोर्टमा यो जानकारी दिइएको छ।

डीपीए समाचार एजेन्सीले आइतवार सरकारी मिडियालाई उद्धृत गर्दै हाइनान टापुमा कोभिड(१९ संक्रमणका धेरै संक्रमित भएपछि सान्या शहरमा उडान र रेल सेवा बन्द गरिएको थियो। यो ठाउँलाई सामान्यतया चीनको हवाईु भनिन्छ। पइचिङले संक्रमित भेटिएपछि लकडाउन लागू गरेको छ।

सान्याका उपमेयरका अनुसार हाल शहरमा ८० हजारभन्दा बढी पर्यटक थुनिएका छन्। सरकारी टेलिभिजनका अनुसार शनिबार शहरका सबै सार्वजनिक यातायात बन्द गरिएको थियो भने आइतबार सान्या एयरपोर्टका सबै उडानहरू रद्द गरिएको थियो। सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा यात्रुले ‘हामी घर जान चाहन्छौँ’ भन्दै गरेको देखिन्छ। यसै क्रममा विमानस्थलका अधिकारीहरूले उनीहरूलाई होटल फर्किन आग्रह गरिरहेका छन्।

Sayalb

महामारी शुरु भएदेखि हालसम्म चीनमा कुल २ लाख ३० हजार ८८६ जना कोभिड १९ बाट संक्रमित भएका छन्। योसँगै ५ हजार २२६ जनाको मृत्यु भएको छ।

विश्वका अधिकांश देशमा कोरोनाको कहर रोकिँदै गए पनि चीनमा भाइरसले मानिसलाई त्रसित बनाएको छ। गत महिना पइचिङ र शान्सी प्रान्तमा ओमिक्रोनका नयाँ भेरियन्ट फेला परेका थिए।

चीनले भाइरसको संक्रमणबाट जोगाउन नयाँ उपाय घोषणा गरेको थियो। यसअन्तर्गत सार्वजनिक स्थलमा खोप लगाइएको प्रमाण देखाउन अनिवार्य गरिएको छ

Shaileshwori
Loading...