पढाई शिविरप्रति बालबालिकाको बढ्दो आकर्षण

साउन २५, डोटी
डोटीका समुदायमा सञ्चालन भइरहेका पढाई शिविरप्रति बालबालिकाको आकर्षण बढ्दो देखिएको छ । कक्षा ३ सम्मका बिद्यार्थीहरुलाई शनिवारको दिन अतिरिक्त पढाई हुने गरिन्छ । बालबालिकाको पढाई सिप विकास गर्न शनिवारका दिन पढाई शिविर हुने गरिएको हो ।
जिल्लाका चार वटा पालिका भित्रका विभिन्न विद्यालयमा ९२ वटा पढाई शिविर सञ्चालनमा आएका छन् । पढाई शिविरमा बालबालिकाहरूलाई विभिन्न खेल माध्यमबाट सिकाई तथा पढाई सिप विकास गर्ने गरिएको आदर्श गाउँपालिका-५ स्थित पिड पढाई शिविर सहजकर्ता भगवती धामीले बताइन् ।
शिविरमा बालबालिकाहरूलाई कक्षा कोठामा बसाइ व्यवस्थापन देखि सरसफाइका कुराहरू समेत सिकाउने गरेको पाइन्छ । वर्ल्ड भिजन ईन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले विभिन्न समुदायमा पढाई शिविर लगायत अन्य कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
Sayalb
शिविरले पढाई सिप विकास भइरहेको विद्यार्थी लक्ष्मी धामीले बताइन । पढाइमा सुधार आइरहेको तथा सरसफाइ लगायत अतिरिक्त क्रियाकलापमा समेत सहयोग भइरहेको अर्का विद्यार्थी प्रज्वल धामीले बताए । विद्यालयमा छापामय कक्षा कोठा निर्माण भएकाले समेत पढाइमा सहज भइरहेको बालबालिकाहरूले बताएका छन् ।
दिपायल सिलगढी नगरपालिका, पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका विभिन्न विद्यालयहरूमा समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक परियोजना तथा बाल स्पोन्सरसिप परियोजना लागु भएको छ । परियोजना मार्फत विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री लगायतका भवन तथा शौचालयहरू निर्माण, बाल क्लबहरूलाई विभिन्न किसिमका शैक्षिक सामग्री, खेलकुदका समग्रीहरु उपलब्ध गराउने गरिन्छ भने बाल क्लबलाई बालविवाह तथा छाउपडी प्रथा न्यूनीकरण गर्न विभिन्न किसिमका सडक नाटक, तालिम दिइने गरेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।
कार्यक्रम प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनको लागि स्थानीय तहहरूले समेत सहयोग गर्नुपर्ने आदर्श गाउँपालिका ३ का बाल क्लबका अध्यक्ष प्रेम पाठकले बताए । उनले टोल(टोलमा गएर अभिभावकहरूलाई समेत बालविवाह तथा छाउपडी न्यूनीकरण गर्न विभिन्न तालिम लगायतका क्रियाकलाप दिनुपर्ने बताए ।
पूर्बीचौकी गाउँपालिका १ र २ का बालबालिकाहरूको शैक्षिक सुधार तथा विपन्न परिवारका बालबालिकाहरूको आर्थिक सुधारमा समेत फड्को मारिरहेको अभिभावक रमेश खड्काले बताए । परियोजना मार्फत विपन्न परिवारका बालबालिकाहरू मार्फत बाख्रा समेत वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी तथा दिगो राख्न स्थानीय तह लगायत सबै सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले बताए ।
Shaileshwori
Loading...