मुक्त हलियाका बालबालिकालाई सहयोग

सायल गाउँपालिकाका मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई सम बिकास केन्द्र नेपालले शैक्षिक सामाग्री सहयोग गरेको छ । मुक्त हलिया परिवारका बालबालिकाको पढाईमा सहज गर्ने उदेश्यका साथ कापी, कलम, पोशाक, झोला र औजार बक्स सहयोग गरेको हो । सायल गाउँपालिकाका ६ वडाकाका मक्त हलिया परिवारका बालबालिकालाई गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक कार्यक्रमका बिचमा हस्तान्तरण गर्नु भएको हो ।
सम बिकास केन्द्रको सहयोगले मुक्त हलियाका बालबालिकालाई पढाईमा सहज हुने गाउँपालिका अध्यक्ष जोशीले बताए । जोशीले भने ‘मुक्त हलियाको आर्थिक अबस्थामा अझै पनि सुधार आउन सकेको छैन्, परिवारको अवस्थाको सिधा असर बालबालिकाम पर्ने गर्दछ फलस्वरुप बिद्यार्थिको पढाईमा समस्या हुने गर्दछ यो सहयोगले उनिहरुको पढाईमा सकरात्मक प्रभाब पार्नेछ ।’
सायल गाउँपालिकाले मुक्त हलियाको बिषयलाई निती तथा कार्यक्रम र बजेटमा पनि समाबेश गरेको छ । जोशीले भने ‘ हामीले सानै परिणाममा भए पनि बजेटमा समाबेश गरेका छौँ, हाम्रो उदेश्य भनेको समतामुलक समाजको निर्माण गर्नु हो ।’
कक्षा छोडने बिद्यार्थिहरुमा मुक्त हलियाका बालबालिकाको संख्या ठुलो भएका कारण पनि पढाईको निरन्तरताका लागी मुक्त हलियाका बालबालिकालाई सहयोग प्रदान गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसिले बताए । उनले भने ‘मुक्त हलियाका बालबालिका बिशेषगरी बालिकाको पढाई निरन्तरताका लागी संस्थाले शैक्षिक समाग्री सहयोग गरेका छौँ ।’

Sayalb


मुक्त हलियाको अबस्था सुधारका लागी तिनै तहका सरकारले काम गर्न आवश्यक रहेको हलिया अभियान्ता तथा सायल कार्यपालिका सदस्य डम्मर बिकले बताए । बिकले भने ‘हलिया आन्दोलनका कयौँ बिषय अझै समाधान हुन सकेका छैनन् । सरकारले केही काम त गर्यो तर त्यती मात्रै प्रयाप्त छैन् । बालबालिकालाई प्रदान गरिएका शैक्षिक सामाग्रीले सकरात्कम प्रभाब पार्नेछ भन्ने हामीलाई बिश्वास छ ।’
एक्सनएड नोराडको सहयोगमा सम बिकास केन्द्र नेपालद्धारा सञ्चालित नेपालमा कृषीमा अधारित बदुवा श्रमको अन्त्य परियोजनाको सहयोगमा एक दर्जन कापी, एक दर्जन कलम, एक जोड पोशाक, एक झोला र एक थान औजार बक्सगरी २ हजार दुई सय छपन्न रुपैँया बराबरको सहयोग प्रत्येक बालबालिकालाई प्रदान गरिएको सम बिकास केन्द्रका लेखा तथा प्रशासन अधिकृत जोग पार्कीले जानकारी दिए ।

Shaileshwori
Bolpatra
Loading...