
गणेश मौनी
साउन २८, डोटी
सुदुरपश्चिम प्रदेशमा मौलीक संस्कृतीको रुपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ ।
कुनै ब्यक्ती साईत वा शुभकार्यमा जानु भन्दा पहीले केटाकेटी र महिलाहरुले घरभन्दा टाढाँ बिच बाटोमा च्यादर, रुमाल वा कपडाको टालो माथी हरीयो घाँस, फुलहरु, हरियो स्याउलाहरु राख्ने गरीन्छ ।
चलन अनुसार साईतमा रहेका ब्यक्तीहरुलाई शुभ साईत होस, यात्रा सफल होस, कार्य सफल होस भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका सेवा निबृत सह प्राध्यापक डा. बद्रीशर्मा बिनाडी बताउन्छन् । उनी भन्छन बिच बाटामा थापेको स्याउलीमा यात्रा वा साईतमा निस्केका ब्यक्तिहरुले केही खानेकुरा, मिठाई वा आफ्नो दक्ष अनुसारको पैसा राख्दा सायत शुभ हुने चलन रहेको छ ।
प्राय बिदेशको यात्रा, बिबाह, तिर्थ यात्रा शुभ कार्यमा जानेहरुको साईत सफलहोस भन्ने हेतुले हरिया स्याउलाहरु राखेर शुभ यात्रा गर्ने चलन रहेको समेत डा. बिनाडी बताउन्छन् । पछील्लो समयमा लोप हुन लागेका यस्ता मौलीक कला संस्कृतीको संरक्षण, प्रवद्र्धनमा स्थानीय सरकारले योजना बनाएर अघाडी बढ्नुपर्ने समेत सुझाब दिन्छन् ।
सुदुरपश्चिम प्रदेशमा परम्परागत रुपमा चलन चल्तीका रुपमा रहेका मौलीक संस्कृतीहरु बिस्तारै लोप हुन थालेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन कुमार देउबाले बताए ।

उनले भने परम्परागत रुपदेखी चलन चल्तीको रुपमा मान्दै आएका मौलीक सस्कृती बैशाख १ गते सिस्नु खेलेर मनाईने बिशु पर्ब,साईतमा जानेहरुका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर राईतो, बटुक बनाएर हरेला खाने चलन, भाद्र १ गते एक अर्का बिचको सम्बन्ध प्रगाढहोस भन्ने हेतुले मनाईने ओलक दिने चलन , कुल देवताका, मेला जात्रा, पौष १५ को रातमा गाउँखाने कथाहरु बातहरु हालेर रात बिताईने जस्ता थुप्रै मौलीकरुपमा रहेका संस्कृतीहरु बिस्तारै लोप हुन लागेको बताए ।
हाम्रो गाँउ घर, छर छीमेकमा मनाईने गरेका चाल चलन, रहेका कला सस्कृतीको प्रोफायल तयार गरि स्थानीय सरकारले तिनीहरुको संरक्षण तथा प्रबद्धनको लागि अघाडी बढ्नुपर्ने समेत सहायक क्याम्पस प्रमुख देउबाले बताए ।
परापुर्बकाल देखी चलन चल्तीमा रहेका कला, धर्म, संस्कृती, चालचलन रितिरिवाजलाई संरक्षण तथा प्रबद्धन गर्न अती आवश्यक रहेको शैलैश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताएका छन् । उनले भने स्याउली थाप्ने चलन मौलीक संस्कृतीहो यसको आफ्नै महिमा छ यसले शुभ यात्राको, कार्यसफलताको कामना गर्छ त्यसैले यस्ता तमाम मौलीक रितीरिवाजहरु, कला संस्कृतीहरुको जर्गेना गर्नु हामी सबैको दायीत्व हो ।
हाम्रा मौलीक कला संस्कृती, चाल चलन,भाषा, धर्मको संरक्षण तथा प्रवद्र्धन गर्न नसके अब आउने नयाँ पुस्ताको लागि एकादेशको कहाँनी बन्न सक्ने समेत अध्यक्ष भट्ट बताउन्छन् । डोटेली कला संस्कृतीको जर्गेना गर्नुका साथै डोटेली भाषा शब्दहरुको पनि संरक्षण गर्नु पर्ने समेत बताए ।
स्थानीय सरकारले स्थानीय स्तरमा रहका कला,मौलीक संस्कृती, जात, जाती, धर्म, लिंग, बर्ण, धार्मिक एवं पर्यटीय स्थल सामाजिक परीबेश झल्कीने खालका विषय बस्तु समेटेर स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक रहेको झिमेमालीका माध्यामीक बिद्यालय वायल डोटीका प्रअ नर बहादुर कार्किले बताए ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकाले कला संस्कृतीको नाममा भौतिक रुपमा संरचना निमार्ण मठ मन्दिर बनाउनका लागि करोडौ लगानी गरेपनी मौलीक कला संस्कृतीको जर्गेना गर्ने, प्रोफायल तयार गर्ने, प्रबद्र्धन गर्ने भाबी पुस्ताको लागि अभिलेखिकरणको रुपमा रहने गरी खासै काम गरेको कसैले देखिदैन यता तिर पनि ध्यान जान जरुरी देखिन्छ ।
