
पुर्विचौकी गाउँपालिका वडा –२ बगलेकमा रहेको मिनी खप्तडको उपमा पाएको बगलेकमा फोहरयम बन्न थालेको छ । खप्तडकै झल्को दिने पाटनका कारण त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले खाएका बस्तुका खोस्टाहरु जहाँ त्यहीँ फाल्दा बगलेक कुरुप बन्दै गएको छ ।
शनिबार तथा अन्य समयमा पनि सयौँको संख्यामा गएका पर्यटकहरुले साथमा बोकेर लगेका चाउचाउ, पानीका बोतल, झिल्लीहरु त्यहीँ अलपत्र फाल्ने गरेका कारण बगलेक फोहर बनेको त्यहाँ घुम्न पुगेकी लक्ष्मी बोहराले बताईन् ।
चौर भित्रै गाडी हाल्ने, गिट्टी, पाईप थन्काएका कारण पनि बगलेकको सुन्दरता कुरुप बन्दै गएको स्थानीयहरुले बताउँदै आएका छन् ।
जिल्ला सदरमुकामबाट नजिकै रहेको बगलेक मौसम र सुन्दरता दुबैका हिसाबले पर्यटकहरुको रोजाईमा पर्दै आएको छ ।

