
सिलगढी : डोटीको शिखर नगरपालिकाका एक युवक दुई दिन देखी बेपत्ता भएका छन् । वडा नम्बर ७ उजेली गाउँका २८ वर्षीय चेतराज भट्ट बेपत्ता भएका हुन् ।

ब्रेन ट्युमरको समस्या भएका उनी शनिवार देखि बेपत्ता रहेको उनका काका तपराज भट्टले बताए । परिवार स्रोतका अनुसार शनिवार घरबाट निस्किएका उनी गोपघाट हुँदै दिपायल तिर हिँडेका थिए ।
उनी घरबाट निस्केदेखि आज सम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनको परिवारले युवकको खोजी कार्यमा सहयोग गरिदिनुहुन प्रहरी प्रशासन तथा सबैमा अनुरोध गरेको छ । बेपत्ता युवक भेटाएको खण्डमा ९८४८६२२०३३ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।
