१८ जना बन्दकर्ता पक्राउ

Sayalb

बिहानै काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता ‘एसपी’ सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

Shaileshwori
Loading...