Before Header
After Navigation

स्वार्थ पूर्तिका लागि ट्रायल सेन्टरको प्रयोग हुनु हुँदैन : मुख्यमन्त्री भट्ट

किरण धामी, डोटी 
सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारले काम गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । शनिवार डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् ।
जनतालाई नजिकबाट सेवा, सुविधा, विकास दिन र जनताका कुरा सरकारसम्म पु¥याउन प्रदेश सरकार कटिबद्ध रहेको उनले बताए । लाइसेन्स दिने कुरा नेपालमा सबैभन्दा बढी बदनाम भएको उनले बताए । “हाम्रा कार्यालयहरूबाट निष्पक्षताका साथमा काम अगाडी बढ्नु पर्ने हुन्छ, उनले भने यहाँ कसैले भनेका भरमा, कसैले स्वार्थ पूर्ति गर्नाका लागि  ट्रायल सेन्टरको प्रयोग गर्नु हुँदैन, त्यसो भएमा कारबाहीको भागीदार बन्नु पर्ने छ ।”
प्रदेश सरकार गठन हुनुभन्दा पहिले सुदूरपश्चिमका तराईका जिल्ला बाहेक अन्य जिल्लाहरूमा सदरमुकाम जोड्ने सडक मात्रै कालोपत्रे रहेकोमा अहिले चार वर्षमा करिब ४–५ सय किलोमिटर भित्री सडकहरू पक्की भएको बताए । चालु आर्थिक वर्षमा थप सडक कालोपत्रे गरेर ७ सय पुर्‍याउने लक्ष प्रदेश सरकारको रहेको उनको भनाइ छ ।
Sagan sahari bhawan nirman aayojana
प्रदेश सरकार बढ्दो बसाइसराइ  प्रति गम्भीर रहेको मुख्यमन्त्री भट्टले बताए । “गाउँमा यातायात, शिक्षा, स्वास्थ्यको सुविधा नहुनु र उत्पादन भएको सामानले बजार नपाउनुले गाउँका मान्छे सहर केन्द्रित भएका छन्, मुख्यमन्त्री भट्टले भने, त्यसकारण यी सबै क्षेत्रमा परिणाम देखिने गरी प्रदेश सरकार काम गरी रहेको छ ।”
प्रदेश सरकारले छिट्टै यातायात सम्बन्धी कानुन ल्याउन लागेको छ  । प्रदेश सरकारको पहिलो कार्यकालको अन्तिम सदनमा निजामती ऐन, प्रहरी ऐन, यातायात सम्बन्धी बनेको ऐन पास हुने मुख्यमन्त्री भट्टले बताए । अब ऐन पास भएपछि कर्मचारी अभावको समस्या हट्ने उनको भनाइ छ ।
Shaileshwori
Loading...