बिहीबार डोटीका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सिलगढी : डोटीमा बिहीबार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८ जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यो सँगै जिल्लामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ५१ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका कोरोना सङ्क्रमित ७ जना जोरायल गाउँपालिका र एक जना सायल गाउँपालिकाका हुन् । हाल जिल्लामा २८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Sayalb
अहिलेसम्म जिल्लाका एक लाख २९ हजार दुई सय ७८ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै एक लाख ३७ हजार ३ सय ३६ जनाले पहिलो  मात्रा र ५५ हजार दुई सय तीन जनाले बुस्टर डोजको खोप लगाएका छन् ।
Shaileshwori
Loading...