

बझाङ : बझाङमा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको थलारा गाउँपालिका ७ का गणेश सुनारकी ८ वर्षीया छोरी करिस्मा सुनारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । अरिङ्गालको गोलो घरभित्र पसेको र घरका अन्य दुई सदस्यलाई पनि घाइते बनाएको बताइएको छ ।
प्रहरीका अनुसार सुनारलाई बिहीबार बिहान ८ बजेको समयमा घर नजिकै अरिङगालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी उनलाई उपचारका लागि थलाराको खोली लागिएपनी उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ ।
