नेपाली सेनाद्वारा डोटीकी सुत्केरी महिलाको उद्धार

डोटी ,भाद्र २३
सुबास नेपाली

डोटीको सायल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Sayalb

सायल गाउपालिका ६ कि २५ वर्षीया धौली साउदको सुत्केरी पछि अत्याधिक रक्तस्राव भए पछि थप उपचारका लागी डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साईन हेलिकप्टर द्वारा उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गणका गण पति जन्मत बहादुर कार्किले बताउनु भयो।

आज बिहान रक्त श्राव भएर जिल्ला अस्पताल डोटीमा उपचारका लागी आउनु भएकी साउदको भिडियो एक्सरे गर्दा शिशुको पेटमै मृत्यु भएको पाईएपछी अप्रेसन गरि शिशुलाई निकालिएको र अत्याधिक रक्तस्राव हुनथाले पछि ८ पिन्ट रगत दिई उपचार गरि थप जोखिम कम गर्न रेफर गरिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले बताउनुभयो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न समयमा नेपाली नेपाली सेनाको हवाई सेवा द्वारा उद्धार गर्ने गरिएको छ।

Shaileshwori
Bolpatra
Loading...