विद्यार्थी र नगर प्रमुख बिच अन्तरक्रिया

मोहन ठकुल्ला, डोटी
भागरति एकेडेमी विद्यालयले विद्यार्थी र नगर प्रमुख बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर लेकठाटामा रहेको विद्यालयले सामाजिक अन्तरक्रिया कार्यक्रम गरेको प्रिन्सिपल हेमराज मलासीले बताए ।

Sayalb

विद्यार्थीहरूका गुनासा सुन्दै, शिक्षाको विषयलाई लिएर भावी योजनाको विषयमा नगर प्रमुखले शिक्षक र विद्यार्थीहरू माझ प्रस्ट पारे । एक शिक्षकले विद्यार्थीलाई कसरी पढाइ प्रति आकर्षित गराउने, विद्यार्थी प्रति शिक्षकको असल सम्बन्ध र भूमिकाको विषयमा भनाइ राखेका थिए । उक्त अन्तरक्रिया कार्यक्रम लगभग २ घण्टा चलेको थियो ।

Shaileshwori
Loading...