विधुतका खुला तारले हरिया रुखहरु छुदाँ स्थानीय जोखिममा


शालिभान साउद /डोटी ,भदौ ३०
विधुत प्राधिकरणको लापर्वाहीका कारणले डोटीको केआईसिङ गाउँपालिका –७ चौड, चुनढुङगा पसेलोमा विधुतका मेन तारहरुले हरिया रुख छुदाँ स्थानियहरु जोखिममा परेका छन । विजुलीको नाङ्गो तारले रुखहरुलाई छुदा स्थानीय जनताले लामो समय देखी ज्यान जोखिममा राखेर काम गर्नुपरेको छ ।
विधुत प्राधिकरण लगायत सरोकारवाला निकायको लापर्वाहीका कारण केआईसिङ गाउँपालिका वडा नं ७ चौड चुनढुङगा पसेलोका बासिन्दाहरुलाई सास्ती भएको स्थानिय सागर भण्डारीले बताएका छन् ।
