सायल गाउँपालिकामा स्थानीय तह कर्मचारी हकहित मञ्च गठन
डोटी, भदौ ३१
स्थानीय तहका कर्मचारीहरुको हकहित संरक्षण र संघर्षका लागी सायल गाउँपालिकामा स्थानिय तह कर्मचारी हकहित मञ्च गठन गरिएको छ । सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाको अध्यक्षतामा तदर्थ समिती गठन कार्यक्रम भएको थियो ।
दिपेन्द्र गौतमकोे अध्यक्षतामा तदर्थ समिती गठन गरिएको छ । मञ्चका पदाधिकारीहरुमा उपाध्यक्ष दिपेन्द्र जि सि, पुर्णिमा चन्द, सचिब बिक्रम भट्टराई, सहसचिवमा बिष्ना कुमारी ओझा र कोषाध्यक्षमा हरि प्रसाद जोशी रहेका छन् । मञ्चका सदस्यहरुमा नवराज सापकोटा, हर्क सापरी, उदय शाह, दिपक कार्की, किरण सागर भण्डारी, पदम रनेनी, बिनोद रजबार र अन्य सदस्यहरुमा पुष्करराज बिनाडी, ब्रहम देब महतो, स्यानु बुढाऐर, बिस्ना कुमारी ओझा, अजय माझी, प्रकाश सिंह महरा, हिरा साउद, करन चौधरी रहेका छन् । यसै गरी सल्लाहकारहरुमा मदन खडका, शिवराज जोशी, जँगबहादुर साउद, भक्त सिंह, बिजय चौधरी र हिरा कुमारी भाट रहेका छन् ।