
लाल बहादुर चदारा, अछाम
अछाममा एक घरमा आगलागी हुँदा २ लाख ५२ हजार नगद सहित घरमा भएका जिन्सी सामग्री जलेर नष्ट भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाको महर बस्ती स्थित वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर महरको घरमा अचानक बिद्युत् लाइन सट भई आगलागी भएको हो । बिहान ८ बजेट घरमा बुबाको श्राद्धे गरिरहेको बेला बन्द रहेको कोठामा बिद्युत् लाइन सट भई आगलागी भएको बताइएको छ ।


आगलागीबाट घरमा रहेको खाद्यान्न, लुगा कपडा, महत्त्वपूर्ण कागजात सबै जलेर खरानी भएको अध्यक्ष महरले जानकारी दिए । आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरी चौकी मेल्लेख बाट खटी गएको टोलीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

