जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

किरण धामी, डोटी

जिल्ला स्तरीय आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी समन्वयात्मक वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९ मा भए गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीले आयोजना गरेको गोष्ठी दिपायलमा सम्पन्न भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख विद्या घिमिरे देउवा सभापति रहनुभएको समीक्षा गोष्ठी कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंह रहनुभएको थियो ।

  गोष्ठीमा जिल्लाका विभिन्न १२ वटा आयुर्वेद तथा नागरिक आरोग्य केन्द्रका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । विभिन्न आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रको सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको कार्यालयका निमित्त प्रमुख विद्या घिमिरे देउवाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
कार्यालयमा पर्याप्त दरबन्दी नहुँदा कार्य गर्न समस्या हुने गरेको आयुर्वेद शाखा पुर्विचौकी गाउँपालिका सानागाँउका औषधालय प्रमुख डम्बर देउवा बताए । कार्यालयबाट थुप्रै सेवा प्रदान गर्नुपर्ने भए पनि कर्मचारी अभावमा धेरै सेवा नागरिकलाई दिन नसकिएको र स्थानीय सरकारले पनि बेवास्ता गरे झैँ गरेको उहाँको भनाई छ ।
Sayalb
आयुर्वेदकर्मीहरूले अब आयुर्वेदिक क्रान्ति गर्न आवश्यक रहेको जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंहले बताउनुभयो । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार आयुर्वेदिक संस्थामा नरहेकाले आयुर्वेदकर्मीहरूले माग राख्दै एक प्रकारको क्रान्ति गर्नुपर्ने उहाँको भनाइ छ । प्रमुख सिंहले आयुर्वेदकर्मीहरूलाई दुख र चुनौती रहेकाले आफूबाट हुने सहयोग र समन्वयात्मक भूमिकाबाट कहिले नपन्छिने प्रतिबद्धता जनाउनु भयो ।
सरकारले आयुर्वेद क्षेत्र र स्वास्थ्य क्षेत्र बिचमा भेदभाव गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका निमित्त प्रमुख विद्या घिमिरे देउवाले बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा अलि बढी बजेट छुट्टाउने गरेको भए पनि आयुर्वेदको क्षेत्रमा पर्याप्त बजेट छुट्टाउने नगरेको उहाँले बताउनु भयो । आयुर्वेद चुनौतीका बिचमा सञ्चालन गरिरहेकाले आत्मबल नघटाई आफ्नो कर्तव्य पुरा गर्न गोष्ठी कार्यक्रममा उपस्थित सबै आयुर्वेदकर्मीलाई प्रमुख देउवाले बताउनुभयो ।
साथै कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीमा भर्खरै आउनुभएका डाक्टर प्रविना श्रेष्ठलाई स्वाग गरिएको थियो ।
Shaileshwori
Loading...