Before Header
After Navigation

डाक्टर शाहले रगत दान गरेर जोगाए एक महिलाको ज्यान 

किरण धामी, डोटी
जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले रगत दान गरेर डोटीकी एक महिलाको ज्यान जोगाएका छन् । अत्यधिक रक्तस्राव भई जिल्ला अस्पताल भर्ना भएकी शिखर नगरपालिका वडा नम्बर ४ कि ४० बर्सिया मोनिका वादीलाई डाक्टर शाहले रगत दिएका हुन् ।
अत्यधिक रक्तस्रावका कारण बिरामीको अवस्था नाजुक रहेकाले उनलाई तत्काल रगतको अभाव हुनाले मानवताका हिसाबले एक पिन्ट रगत दान गरेको डाक्टर शाहले बताए । डाक्टर शाहले भनेका छन्, “दसैँमा भगवतीलाई बलि दिँदा भगवती खुसी हुन्छन् भन्ने कुरामा म विश्वास गर्दिन तर मेरो दुई थोपा रगले कसैको ज्यान जोगिन्छ भने बिरामी र देवी देवता खुसी हुन्छन् भन्नेमा विश्वस्त छु ।”
Sagan sahari bhawan nirman aayojana
बिरामीलाई एक पीन्ट रगतले मात्रै नपुग्ने भएकाले थप रगतको लागि अस्पताल प्रशासनले रगत दान गरिदिन सामाजिक सञ्जाल मार्फत आग्रह गरेको थियो । शनिवार दिउँसो थप दुई पिन्ट रगत सङ्कलन भएको छ । डोटी क्याम्पस डोटीका शिक्षक लाल थाप र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी जवान सोभान सिंह विष्टले एक/एक पिन्ट रगत बिरामीलाई दिएका छन् । बिरामीलाई दुई पिन्ट रगत चढाइसकिएको र बाँकी एक पिन्ट अहिले चढाउन लागिएको डाक्टर शाहले बताए ।
बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । मोनिका शुक्रवार साँझ अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन् ।
Shaileshwori
Loading...