‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधन 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत जोशीको १ सय ३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनटमा निधन भएको अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यले सीआईएनसँग बताउनुभयो । जोशीमा मुटु र प्रोष्टेटसम्बन्धी समस्या थियो ।

Sayalb

उहाँमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको थियो । बाबु शङ्करराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा उहाँको जन्म भएको थियो ।

लोक संस्कृतिका विज्ञको रूपमा परिचित जोशीलाई पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागितेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । संस्कृति र साहित्यमा जोशीको भूमिकाको कदर गर्दै सरकारले उहाँलाई ‘वाङ्मय शताब्दी पुरुष’ सम्मान प्रदान गरेको थियो ।

Shaileshwori
Loading...