डोटी : डोटेली जनताको प्रतिनिधित्व गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले बताएका छन् । आइतबार दिपायलमा प्रतिबद्धता सार्वजनिक कार्यक्रमको पत्रकार सम्मेलनमा बोल्दै खड्काले यस्तो बताएका हुन् । राणा कालमा देश भरीकै चार वटा “प्रशासनिक गौणा” मध्ये पश्चिम प्रशासन हेर्ने “डोटी गौणमाझ एक हो । खड्काले भने, ‘डोटीको अस्मिता माथि ठुलो खेलबाड भयो । अदूरदर्शी तथा चरम अन्यायपूर्ण कदमका विरुद्ध उम्मेदवारी हो। पटक पटक डोटेली भूमि र जनताको जनमतको स्वाभिमानमा आँच पु¥याउनेका विरुद्ध आफ्नो लडाइँ हो ।” विगत देखि मातृभूमिको अस्मिता लुट्नेहरूका विरुद्ध आवाज बुलन्द गरिरहेको थिए ।
उनले थपे, “मातृभूमिको अस्मिता लुट्नेहरू, मातृभूमिको मुद्दालाई सत्ता विनिमयको माध्यम बनाउनेहरू फेरि छाती खोलेर चुनावी मैदानमा उत्रिँदा मन शान्त राख्न सकिनँ ।” “डोटेली जनताको मुद्दा लिएर उठेको हुँ । मेरो उम्मेदवारी पश्चात् जसरी मेरो पक्षमा यो माहौल बनेको छ। म जित्नेमा ढुक्क छु । म हारे डोटेली जनताले हार्छ । जिते डोटेली जनताले जित्छ ।” डोटीले संस्कृति, सभ्यताको रक्षा चाहने, इतिहास प्रतिमाया गर्ने, डोटीमा राजधानी कायम हुनुपर्छ भन्ने मान्यता राख्ने, निस्वार्थ समाज सेवाको भाव राख्ने, सामाजिक परिवर्तन, आर्थिक विकासका सम्भाव्य कामहरूको पहिचान र निर्माण, राजनीतिक थिचोमिचोको दिगो उन्मुलनका साथै आत्मसम्मान स्वाभिमान रक्षा चाहने आम डोटीलेहरुको साझा उम्मेदवार रहेको खड्काले बताए ।
मातृभूमि बेच्नेका विरुद्ध, सुदूरपश्चिमको राजधानी दिपायल राख्न पहल, दिपायल केन्द्र हुने गरी सडक सञ्जाल, खप्तड, वडिकेदार तेले महाभारतको पर्यटन विकास र दिपायलबाट विस्थापित कार्यालय फर्काउन पहल, कृषि, स्वास्थ्य, रोजगार तथा युवा स्वरोजगारी, खेलकुद, महिला, दलित, आदिवासी जनजातिको सशत्तिकरण उत्थान गर्ने मेरो एजेन्डा रहेको खड्काले पत्रकार सम्मेलनमा जानकारी गराए । गर्विलो इतिहासको पुनरावृत्ति गराउँदै गुमेको आत्मसम्मान र स्वाभिमान कायम गराउन हरदम प्रयत्नशील रहने खड्काले प्रतिबद्धता व्यक्त गरे ।