बास नेपाल द्वारा पद्म पब्लिकलाई शैक्षिक सामाग्री सहयोग

डोटी : बास नेपालले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका अन्तर्गत रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यामीक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । युनिसेफको सहयोगमा बास नेपालले शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुयोस भन्ने हेतुले शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

बुधवार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिद्धराज जोशीलाई हस्तान्तरण गरेको थियो । बास नेपालले विद्यालयलाई पटक पटक विभिन्न प्रकारका सहयोग गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए । उनले भने विद्यालयको शैक्षिक अवस्था सुधारका साथै आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई समेत सहयोग गर्दै आइरहेको बताए ।

Sayalb

सामाग्री हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का सडा सदस्य दिपा श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी रहेका थिए । शैक्षिक सामाग्री बास नेपालका जिल्ला अध्यक्ष गणेश मौनी र सामाजिक मनोबिमर्शकर्ता सरिता कठायतले हस्तान्तरण गरेका थिए ।

सहयोग सामाग्रीमा बालबालिकाहरूका लागि शैक्षिक तथा मनोरञ्जनका सामाग्री, खेलौना ब्याग, कलरहरू,भलिबल लगायतका सामाग्रीहरू रहेका छन् । युनिसेफको सहयोगमा बास नेपालले सुदूरपश्चिमका डोटी लगायतका विभिन्न जिल्लाहरूमा बाल संरक्षण,लैगिंक हिंसा न्यूनीकरण परियोजना सञ्चालन गरिरहेको छ । पहिले जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना पनि सञ्चालन गरेको थियो ।

Shaileshwori
Loading...