अबको पाँच बर्षमा उत्तर–दक्षिण सडक : प्रेमबहादुर आलेमगर

Sayalb

अबको पाँच बर्षको कार्यकालमा पाँच बर्षमा उत्तर–दक्षिण जोड्ने सडक निर्माण गर्ने पुर्वमन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरले बताएका छन् । डोटीमा पत्रकारसंग कुरा गर्दै धनगढी–खुटिया–दिपायल–सायल– बझाङ चैनपुर– उरैसडक कालोपत्रे सडक निमार्ण गरी उत्तर–दक्षिण सडक निमार्ण गर्ने बताएका हुन ।
७०मा संबिधान सभा सदस्य र ०७४मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित पुर्व मन्त्री मगरले आफुले जिते भारतसंग सिमान जोडिएको कैलालीको धनगढी–खुटिया डोटीको दिपायल–सायल हुँदै बझाङ चैनपुर–उरै चिनको सिमानासम्म सडक निमार्ण गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । आलेमगरले भने ‘अब हामीले भारत र चिनलाई जोडेर ब्यापार तथा पर्यटन क्षेत्रको बिकास गर्नुछ, आर्थिक रुपमा उदयमान दुई मुलुकसंग सडक सम्पर्क जोडेर हाम्रो क्षेत्र र देशकै आर्थिक उन्नती गर्न आवश्यक छ । त्यसैले अबको पाँच बर्षमा म उत्तर–दक्षिण सडक जोड्छु डोटेली जनतासंग मेरो प्रतिबद्धता हो ।’
डोटेली जनताले दई पटक गरेको बिश्वासलाई जनताको पक्षमा डोटीको बिकासका लागी काम गरेको हुँदा डोटेली जनताले फेरी पनि बिश्वास गर्नेमा बिश्वस्त रहेको बताए । मगरले भने ‘मैले गर्नु पर्ने काम गरेको छु अब केही काम अधुरा छन् त्यो पुरा गर्नका लागी प्रतिनिधी सभामा जान्छु ।’
निर्माणाधिन कैलाली– डोटी जोडने फास्टट्रयाकलाई स्तरउन्नती गरि उत्तर–दक्षिण जोड्ने बताएका हुन । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका प्रेमबहादुर आलेमगरसंग एमाले नेतृ गौरी ओली प्रतिश्पर्धामा छन् ।

Shaileshwori
Loading...