शिवपुर विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

Sayalb

डोटी : शिवपुर माध्यमिक विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । जोरायल गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयले अभिभावक भेला गरि आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । कुल एक करोड ६ लाख ६५ हजार ६ सय ७३ को वार्षिक आम्दानी र ९१ लाख ५३ हजार ९ सय २ खर्चको विवरण तथा विद्यालयको भौतिक शैक्षिक विवरणको प्रतिवेन सामाजिक परीक्षण समितिका सदस्य सचिव विद्यालयका शिक्षक गोपाल वहादुर बोहराले पेश गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक पदमराज उपाध्यायले विद्यालयको हाल सम्म आम्दानी खर्चको आर्थिक प्रतिवेदन तथा शैक्षिक प्रतिवेदन भेलामा प्रस्तुत गर्दा भेलाले अनुमोदन भएको थियो । अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष दल बहादुर साउँदको अध्यक्षता तथा वडाका वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Shaileshwori
Loading...