

सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालको आर्थिक बर्ष ०७८/०७९को समाजिक परिक्षण कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ । संस्था मार्फत आर्थिक बर्षभरी सम्पादन गरिएका क्रियाकलाप, बजेट तथा प्राप्त उपलब्धी सहित कार्यक्रममा प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालले जिल्लाका बिभिन्न पालिकासंगको सहकार्यमा राम्रो काम गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । जिल्लाको बिकासका लागी सरकारी र गैर सरकारी संस्थारुको सहकार्यमा बुद्धीगरी काम गर्नु पर्ने प्रमुख सिंहले बताउनु भयो ।
संस्थाले बिद्यालयमा बिपद्को समयमा कसरी बच्ने तथा उद्धार गर्ने बारेमा बिद्यार्थिहरुलाइ राम्रो शिक्षा दिएको दर्जाकोट माध्यामिक बिद्यालयका प्रधानध्याक हर्कबहादुर बोहराले बताउनु भएको छ ।
संस्थाले हरेक बर्ष सामाजिक परिक्षण गरेर संस्थाले नागरिक प्रतिको उत्तरदायित्व पुरा गर्ने गरेको सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालका अध्यक्ष खडकराज शर्माले बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख, वडा अध्यक्ष, कार्यालय प्रमुख, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सामाजिक परिक्षणको सहजिकरण पत्रकार कर्ण चन्दले गर्नु भएको थियो ।
