डोटी सदरमुकाम बाहिर बोगटानमा पहिलो हेलिप्याड निर्माण

1,599
Shaileshwori

जिल्ला सदरमुकाम देखी बिकट रहेको बोगटान फुड्सिल गाउँपालिकामा जिल्ला सदरमुकाम पछिको पहिलो हेलिप्याड निर्माण भएको छ । बोगटान फुड्सिल गाउँपालिकासंगको समन्वयमा भैरब प्रशादगण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो ।
प्राकृतिक बिपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भिर खालको बिरामीलाई आकस्मीक उद्धार गर्न सहज होस भन्ने उदेश्यका साथ हेलिप्याड निर्माण गरिएको भैरब प्रशाद गण सिलगढीका गणपती जनमत कार्कीले बताए । कार्किले भने ‘जिल्ला सदरमुकाम देखी बिकट रहेको बोगटान गाउँपालिकामा बर्खायाममा सडकको सहज पहुँच हुँदैन त्यसलै पनि हाम्रो गणले हेलिप्याड निमार्ण गरेको हो ।’
भैरब प्रशाद गणको पाँच लाखको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको हो । सदरमुकाम भन्दा बाहिर सबै भन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । गड्सिलाले भने ‘प्राकृतिक बिपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नु परेको थियो, हेलिप्याड निमार्ण भए पछि अब त्यो समस्या रहन्न ।’ भैरब प्रशाद गणले हेलिप्याड निर्माण गर्ने कार्य प्रशंसनिय रहेको स्थानीयहरुले बताएका छन् ।
नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाका समन्वयमा मिति तयगरी उद्धघाटन गर्ने तयारी रहेको भैरब प्रशादगणले जानकारी दिएको छ ।

Sujang New
Leave A Reply

Your email address will not be published.