Before Header
After Navigation

सुदूरपश्चिममा सत्ता गठबन्धनको पहिलो बैठकमा के भयो छलफल ?

Sagan sahari bhawan nirman aayojana

सुदूरपश्चिम प्रदेश सरकार गठनका सम्बन्धमा सत्ता गठबन्धन दलहरुको पहिलो बैठक धनगढीमा बसेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी भईरहेका गठबन्धन दलहरुका बिचमा प्रदेशस्तरमा छलफल सुरु भएको हो । छलफलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको सहभागिता रहेको थियो ।
बैठकमा प्रदेश सरकार गठन, पद बाँडफाँड लगायतका विषयमा प्रारम्भिक छलफल भएको एक नेताले जानकारी दिए । ती नेताकाअनुसार प्रदेशको मुख्यमन्त्रीमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेका छन् । मुख्यमन्त्रीको मात्र नभएर प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रालय र संवैधानिक पदहरुको भागबण्ड प्याकेजमै टुंगो लगाउनेगरी छलफल अघि बढाउने समझदारी बनेको छ । बुधबार पुनः छलफलमा बस्नेगरी बैठक सकिएको छ ।

Shaileshwori
Loading...