जिल्ला अस्पताल डोटीमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

डोटी : जिल्ला अस्पताल डोटीमा पाठेघर खसेका महिलाहरूको हेस्टेरेकटोमी अप्रेसन सफल भएको छ । बुधवार दुई र बिहिवार ४ जना गरेर ६ जना पाठेघर खसेका महिलाको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ ।

Sayalb

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन श्रेष्ठका अनुसार डडेल्धुरा अस्पतालका डाक्टरको सहयोगमा जिल्ला अस्पताल डोटीमा पहिलो पटक उक्त शल्यक्रिया सफल भएको हो । उनीहरूको शल्यक्रिया निःशुल्क गरिएको हो । लामो समय देखि पाठेघरको समस्याबाट ग्रसित महिलाको अस्पतालले निःशुल्क अप्रेसन गरिदिएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् ।

यो सेवालाई अस्पतालले नियमित सेवामा राखेको छ । एक दुई हप्ताको फरकमा अस्पतालमा पाठेघर खसेका महिलाको अप्रेसन गरिने हुँदा समस्या भएका महिलालाइ अस्पतालमा सम्पर्क गर्न मेसु श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

Shaileshwori
Loading...