वृद्ध वृद्धालाई सम्मान तथा कम्बल वितरण 

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले वडा भित्रका बृद्धबृद्धालाई सम्मान तथा कम्मल वितरण कार्यक्रम गरेको छ । बिहीबार गीता पुस्तकालय र मल्लो राधाकृष्ण मन्दिरमा फरक फरक कार्यक्रमको आयोजना गरी ५४ जना बृद्धबृद्धालाई सम्मान गर्नुका साथै कम्मल वितरण गरिएको छ । प्रति बृद्धबृद्धालाई न्यानो कम्मल वितरण गरेको वडा कार्यालयले बताएको छ ।
पुस मसान्तसम्म ६८ वर्ष पुगेका वडामा रहेका विपन्न परिवार सहितका बृद्धबृद्धालाई  वडाको वार्षिक कार्यक्रम अनुसार सम्मान गर्नुका साथै न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष नरेश मलासीले बताउनुभयो । यो कार्यक्रम पूर्व वडा अध्यक्ष सन्तोष बोहराले शुभारम्भ गरेको बताउँदै यसबाट नागरिक प्रत्यक्ष लाभान्वित हुने भएकाले निरन्तरता दिएको बताउनुभयो । चिसो निकै बढेको बेला वितरण गरिएको न्यानो कम्बलले बृद्धबृद्धालाई केही राहत पुग्ने वडा अध्यक्ष मलासीले विश्वास व्यक्त गर्नुभयो । निकट भविष्यमा वडा नागरिक लाभान्वित हुनेगरि स्वास्थ्य शिविरको आयोजना गर्ने पनि उहाँले बताउनुभयो ।
Sayalb
नगर प्रमुख बाजि सिंह खड्काले पछिल्लो समय समाज खण्डित हुँदै गएका कारण समाज र परिवार भित्र सद्भावना बढाउन आवश्यक रहेको बताए । कम्बल ग्रहण गर्दै वृद्धा शान्तु जोशीले वडाले आफूहरूको अभिभावकत्वको भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गर्नु भयो ।  समाजमा रहेका असहाय अशक्तलाई सहयोग गरेको भन्दै ७० वर्षीय ध्रुव देवी भट्टले वडालाई धन्यवाद दिनुभयो । भोलि पनि कम्बल वितरण गर्ने कार्यक्रम रहेको वडाले बताएको छ ।
Shaileshwori
Loading...