अन्तर विद्यालय भलिबल प्रतियोगितामा दिल्पेश्वर विजयी

318
Shaileshwori

मोहन ठकुल्ला, डोटी 
अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत भलिबल प्रतियोगिताकाे उपाधि दिल्पेश्वर माद्यामिक विद्यालय दिपायलले जितेकाे छ । ७५ ओैँ बार्षिकाेत्सव तथा हीरकजयन्तीकाे अवसरमा पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय सिलगढी डोटीले आयाेजना गरेको प्रतियोगितामा कुमालीकोट माद्यामिक विद्यालयलाई हराउँदै दिल्पेश्वरले जित हात पारेको हो ।

आइतबार भएकाे फाइनल खेलमा कुमालिकाेट माथि दिल्पेश्वरले २५-१४, २५-१९ र २५-२३ काे साेझाे सेटले जित हात पारेको हाे । प्रतियोगिता जित्दै दिल्पेश्वरले रू १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने द्वितीय भएको कुमालीकोटले रू १० हजार सहित ट्रफी प्रमाणपत्र पाएको छ ।

त्यसै सनिवार सम्पन्न छात्रा कबड्डी प्रतियोगितामा आयोजक टिम पद्म पब्लिक मुक्तिनारायणले जित हात पारेको छ । पद्म पब्लिकले तेडि माद्यामिक विद्यालय कलेनालाई ४१-२० अंक हराएको हो । प्रथम भएको पद्म पब्लिकले रू १० हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने द्वितीय तेडी माद्यामिक विद्यालयले रू ७ हजार सहित ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ । पुरस्कार विद्यालयको वार्षिक उत्सवको दिन माग १२ गते वितरण गरिने विद्यालयले जनाएको छ ।

Sujang New
Leave A Reply

Your email address will not be published.