
कविता
शिर्षक : म रुँदै थिए
लेखक : किरण धामी

म रुँदै थिए
तिम्रो यादमा रुँदै थिए
तिमीले दिएको चोट सम्झेर
विगतको मिठो पल सम्झेर
म रुँदै थिए
एकान्तमा, जहाँ म आफुलाई एक्लो सम्झन्थे
भिडमा, जहाँ यी नयन तिमीलाई खोज्ने गर्थे
यात्रामा, जहाँ यो हातले त्यो हात खोज्थ्यो
सपनामा, जहाँ हाम्रो छुट्टै संसार थियो
हो, म त्यहीँ रुँदै थिए ।
आज कुन्नि के सोच आयो
आफैंलाई प्रश्न गरे, म किन रुँदै छु ?
कसका लागि रुँदै छु ?, के म यो राम्रो गर्दै छु ?
अँह, यो मैले राम्रो गरिन,
म त्यसका लागि रुँदै छु जसले मलाई चिनेन,
मेरो मायालाई बुझेन, हुँदा हुँदा आफ्नो बिगत सम्झेन
जसले मेरो, मेरो मात्रै होईन हाम्रो, हाम्रो घर भत्काइदियो
सपनाको घर, कल्पनाको घर, हामी दुबैले बनाएको
सुन्दर थियो, शान्त थियो, जहाँ माया नै माया थियो
त्यहा म थिए, उनी थिइन्, अनि हाम्रा लालाबाला
सानो थियो र पनि सुन्दर थियो हाम्रो घर
तर तिमीले भत्काई दियौ, एकै पलमा
अझ म
तिम्रो लागि रुँदै थिए
गरिव हुँ, त्यो थाँहा छ मलाई
तिमीले पनि त देखेकी थियौ,
देखेरै होईन प्रेम गरेको ?
सपना ठुला देखायौँ, म पनि फुरुङ्ग भए
उडे, माथि माथि सपनाको जहाज लिएर
म कल्पनामा थिए, तिमी पनि संगै थियौँ
मलाई के थाहा, यति चाँडै जहाज खस्छ भनेर
टुक्रा टुक्रा भयो मेरो सपनाको जहाज
म ब्युझिएँ, अनि खोजे तिमीलाई वरपर
भेटाइन, के भेटिन्थ्यौ र !, म संग कहाँ पो थियौ र
जलेर खरानी भएका छन् हाम्रा सपनाहरु
तिमीले देखाएका सपनाहरु
म मरेन छु, बाचेर पनि के बाचेको छु र,
पलपल मरेको छु, तिम्रो यादमा
तिमी कहाँ र कोसंग छौ थाहा छैन
कस्ति भएकी छौ त्यो पनि थाहा छैन
म भने तिम्रो लागि रुँदै थिए ।
भोको सुत्नु परेको थिएन, माग्नु परेको थिएन
मिहिनेत गरेर खान्थे, मज्जाको थियो दैनिकी
जेनतेन चलेकै थियो, मनमा शान्ति थियोे ।
साथमा परिवार थियो, समाज थियो र सबै थिए
अहिले हेर त मलाई, बुझ मलाई मलाइ,
म कहाँ छु
ठेगान छैन बाँसको, गाँसको अनि सासको समेत
कहाँसम्मको हो गन्तव्य, कहिले पुग्छु लक्ष्यमा
तर हिडेको छु निरन्तर, एक्लै म को हुँ समेत थाहा छैन
देख्नेले पागल भन्छन्, हाँस्छन्, कोही कोही त रमाउछन्
बुझ्नेले बिचरा भने, कठै भने, आँसु समेत झारे
के फरक पर्थ्यो र !, म प्रेम रोगीलाई,
कारण सब तिमी हौ
बाच्ने छु या मर्ने छु, कारण तिमी हौ
यति जानेर पनि
म रुँदै थिए ।
