म युवा हुँ

865
Shaileshwori

शिर्षक : म युवा हुँ

लेखक : किरण धामी

ठेगाना : डोटी

म युवा हुँ ।
मलाई थाहा छ,
मेरो कर्तव्य,
मैले के गर्ने र कसका लागि गर्ने ?
राम्रोसँग थाहा छ, बुझेको छु ।
पहिला मैले मेरै बारेमा सोच्नुपर्छ
पछि परिवार, समाज अनि राष्ट्रका लागि सोच्नुपर्छ
सर्वप्रथम म बाच्नुपर्छ, अनि मात्रै सोच्नुपर्छ
म माथि ठूलो जिम्मेवारी छ ।
म कसैको छोरा हुँ ।
कसैको दाइ, कसैको भाइ,
अनि कसैको श्रिमान र कसैको बुवा हुँ ।
यति मात्रै होईन समाजको एक सदस्य र
देशको एक नागरिक हुँ ।
सबैको जिम्मेवारी म माथि छ ।
म युवा हुँ ।

मैले गर्नुपर्ने कति छ कति
सोच्नु पर्ने छ, परिवार, समाज र देशको बारेमा
सबै भन्दा पहिला सोच्ने छुँ मेरै बारेमा
म एक बेरोजगार युवा, यो सब कसरी गर्ने छु
छुट छैन मलाई, कर्तव्यबाट भाग्ने
भौतारिन्छु यता र उता, खोज्छु रोजगारी
पाउदिन कतै पनि, अब उपाय एउटै छ विदेश
विदेश जान पनि पैसा चाहिन्छ, त्यो मसंग छैन
घर, खेत बेचेर भए पनि जान्छु,
ठुलो सपना बोकेर विदेशिए,
केही वर्ष पसिना बगाए परदेशमा
कहाँ हुन्छ र स्वदेशमा जस्तो परदेशमा
समयमा सुत्न पाएन, भने जस्तो खान पाइएन
बिरामी भन्न पाईएन, मात्रै काम
दुख कति छन् कति, सुनाउन सक्दिन
दिन पनि वर्ष झै लाग्छ, सम्झना गाउँकै आउछ
यो हो मेरो कहानी
म एक युवा हुँ ।

म देशका लागि केही गर्छु भनेर
स्वदेश फर्किएको हुँ, देशलाई केही दिनु छ
आफू पनि बाच्नु छ, परिवार सम्हाल्नु छ ।
यहि सोचेर उद्यमी बन्ने बिचार गरेको हुँ
यहि बिचारले म अलपत्र परेको हुँ ।
मलाई लघु बित्त र बैंकको क्षणले च्याप्यो
सरकारको जथाभावी करले च्याप्यो
विभिन्न बाहानामा व्यापारीले ठगे
पैसा दिएनन्, मात्र मेरो उत्पादन लगे
कामदारलाई दिन तलब भएन,
अझ पनि संघर्ष गर्न छोडिन ।
सरकारले भन्छ अनुदान, खै कहाँ छ अनुदान
वडा, गाउँपालिका मात्रै होई प्रदेश सरकार सम्म पुगे
दिन्छु भने दिएनन्
किन दिन्थे त ! म पार्टीको झोले परिन
न उनिहरुको आफन्त परे, अझ घुस त दिदै दिएन
अनि कसरी पाउथे अनुदान
म युवा हुँ ।

ऋणै ऋण थुप्रियो
तिर्न नसकिने भयो, सताउन थाले साहुहरुले
परिवार गुहारे, आफन्त गुहारे, भएका जति सबै गुहारे
पत्याएनन् कसैले, म डिप्रेसनको सिकार हुन पुगे
कसैको साथ पाएन र त
सबै कुरामा असफल हुन पुगे
हारे खाए जिन्दगी, र विदा हुने निर्णय लिए
म एक युवा हुँ ।

Sujang New
Leave A Reply

Your email address will not be published.