प्रजिअ मार्फत प्रधानमन्त्रीलाई राष्ट्रिय जनमोर्चा डोटीको ज्ञापन पत्र

डोटी  : राष्ट्रिय जनमोर्चा डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डबल बोगटीले जानकारी दिनुभयो ।
देशी विदेशी शक्तिले गणतन्त्रलाई कमजोर पार्दै प्रतिगमनतर्फ लैजान षडयन्त्र गरिरहेकोले सरकार गम्भीर हुनु पर्ने, भारतले अतिक्रमण गरेको भू–भागलाई अविलम्ब फिर्ता लिनुपर्ने, एमसीसी खारेज गर्नुपर्ने, सङ्घीयता खारेज गर्नु पर्ने, कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न लगायतका माग राखेर ज्ञापन पत्र बुझाइएको बोगटीले बताउनुभयो ।
Sayalb
नेपालमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारीको नियन्त्रणका लागि समेत सरकारको ध्यानाकर्षण गराएको छ । माग पुरा नगरे सरकारका विरुद्ध जनताका बिच सडकमा जाने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
Shaileshwori
Loading...