
नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीका पुर्ब जिल्ला कमिटि सदस्य केशब परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समय देखी एमालेमा क्रियाशिल रहेका परियारले एमालेको संगठित सदस्यबाट समेत राजिनामा गर्दै एमाले छोडेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । दलित आन्दोलनमा लामो समय सक्रीय रहेका परियार जिल्लाको अधिकारकर्मी रुपमा स्थापित रहेका छन् ।
नेकपा (एमाले)डोटीलाई राजिनामा दिएको पत्र सार्बजनिक गर्र्दै परियारले लेखेका छन् ‘नधेरै लामो समय पछि आज देखि कम्युनिष्ट सिद्धान्त ,कम्युनिज्म विचारधारा र दर्शन एवं नेकपा (एमाले) पार्टी परित्याग गरेको घोषणा गर्दछु । मेरो यो राजिनामा स्वीकृतिको लागि पार्टीमा पेश गरिसकेको छु । आगामी मेरो राजनीतिक गन्तव्य नया सिद्धान्त,नया दर्शन र नया विचारधारा हुनेछ ।’

