

डोटी बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थि यूनियनको निर्वाचन स्थगित गरिएको छ । मतदानमा धाँधली भएको फर्जिमत खसायर निश्पक्ष मतदान नभएको भन्दै आक्रोशित भएका बिद्यार्थिहरु मतपेटीका फुटाएपछि निर्वाचन स्थगित गरिएको हो ।
मतदात शान्तिपूर्ण भईरहेको अवस्थामा केहि उत्श्रृङखल तत्वहरु मतदान केन्द्रभित्र प्रवेश गरि मतपेटीका लगायत अन्य सामग्री तोडफोड गरेकाले मतदान गर्न गराउन सम्भव नभएकोले निर्वाचन स्थगित गरिएको अधिकृत हर्कबहादुर कलेलले सूचना प्रकाशन गरेका छन् ।क्याम्पसमा बिवाद भएपछि आक्रोशित भएका बिद्यार्थिहरुले गेट, झ्यालहरु समेत तोडफोड गरेका छन् ।
